Skip This
केएफसीमा नेपालपे क्युआरबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २७ बिहीबार ११:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

केएफसीमा नेपालपे क्युआरबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार ११:२६:oo

केएफसी नेपाल रेस्टुरेन्टका ग्राहकहरूले अब नेपालपे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम रु. १०० सम्मको) क्यासब्याक प्राप्त गर्ने भएका छन्। क्यासब्याकको अफर नेपालभरका केएफसी आउटलेटहरूमा पुस २३ गतेसम्म उपलब्ध हुनेछ।

स्ट्याटिक क्युआरको रूपमा हालै उक्त रेस्टुरेन्टमा जडान भएको नेपालपे क्युआर ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा वालेट अथवा कनेक्ट आइपिएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्। केएफसीमा नेपालपे क्युआरको सेवा सनराइज बैंकको सहकार्यमा सुचारु गरिएको हो।

फास्टफुडको रूपमा विश्वपरिचित ब्रान्ड केएफसीमा अब उक्त अफरमार्फत नगदरहित भुक्तानीलाई थप प्रोत्साहन हुने कम्पनीको विश्वास छ। भुक्तानी गर्न ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा वालेट एपको क्युआर स्क्यान स्क्रिनमा नेपालपेको लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ।

हाल नेपालपे क्युआरको सुविधा एभरेस्ट बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एन्ड कमर्स बैंक, एनआइसी एसिया, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा विकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, समृद्धि फाइनान्स, सेलपे, मोरु र कनेक्ट आइपिएस मोबाइल एपमा उपलब्ध छ।
 

ad
ad