Skip This
केएफसीमा नेपालपेबाट क्युआर गर्दा क्यासब्याक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २७ बिहीबार ११:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

केएफसीमा नेपालपेबाट क्युआर गर्दा क्यासब्याक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार ११:१५:oo

केएफसी नेपाल रेस्टुरेन्टका ग्राहकले नेपालपे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम एक सय रुपैयाँसम्म क्यासब्याक पाउने भएका छन् । नेपालभरिका केएफसी आउटलेटहरूमा पुस २३ गतेसम्मका लागि यो योजना लागू गरिएको हो । 

स्ट्याटिक क्युआरका रूपमा हालै उक्त रेस्टुरेन्टमा जडान भएको नेपालपे क्युआर ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा वालेट अथवा कनेक्ट आइपिएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्ने जनाइएको छ । केएफसीमा नेपालपे क्युआर सेवा सन्राइज बैंकको सहकार्यमा सुचारु गरिएको कम्पनीले जनाएको छ ।  

हाल नेपालपे क्युआरको सुविधा एभरेष्ट बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एन्ड कमर्स बैंक, एनआइसी एसिया, सानिमा बैंक, सन्राइज बैंक, कामना सेवा विकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, समृद्धि फाइनान्स, सेलपे, मोरु र कनेक्ट आइपिएस मोबाइल एपमा उपलब्ध रहेको जनाइएको छ । 

ad
ad