मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ पौष ५ मंगलबार
  • Friday, 28 August, 2026
२o७९ पौष ५ मंगलबार १४:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धादिङमा बस र माइक्रोबस ठोक्किँदा एकजनाको मृत्यु, १२ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष ५ मंगलबार १४:२४:oo

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका– २ बिहानी पेट्रोल पम्पनजिकै बस र माइक्रोबस ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

काठमाडौंतर्फ आउँदै गरेको लु.२ख २६४४ नम्बरको बस र लमजुङतर्फ जाँदै गरेको बा.२ख ४७६२ नम्बरको माइक्रोबस एक–आपसमा ठोक्किँदा एक महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। कार्यालका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार अन्दाजी २८–३० वर्षकी ती महिलाको सनाखत भएको छैन।

दुर्घटनामा परी घाइते भएकाहरूको गजुरीमा रहेको स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। केही घाइतेलाई थप उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर पठाइएको खत्रीले जानकारी दिए।