Skip This
मौसम : हल्का हिमपातको सम्भावना
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
रासस काठमाडौं
२o८१ बैशाख २८ शुक्रबार ११:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मौसम : हल्का हिमपातको सम्भावना

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार ११:१५:oo

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशकै पहाडी भू–भागको एक/दुई स्थानमा हल्का वर्षा तथा सोही प्रदेशको उच्च पहाडी भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

राति प्रदेश नं १ का पहाडी भू–भागमा आंशिकदेखि पूर्ण बदली रही बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। विभागले देशका अधिकांश भू–भागमा तापक्रम क्रमिकरूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध  गरेको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७.६ डिग्री र अधिकतम तापक्रम १८.७ डिग्री सेल्सियस रहेको छ। आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ४.५ डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम २४.८ डिग्री सेल्सियस रहेको छ।

ad
ad