१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर २६ सोमबार १८:०५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस, माओवादी र नागरिक उन्मुक्तिले सच्याए समानुपातिक सूची

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर २६ सोमबार १८:०५:००

कांग्रेस, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फको सूची सच्याएर निर्वाचन आयाेगमा पेस गरेका छन्। 

कांग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टी (जसपा) नेपाललाई समानुपातिक प्रणालीतर्फ यसअघि बुझाएको बन्दसूचीको नाम छनोटमा त्रुटि भएको भन्दै आयोगले नाम सच्याउन पत्राचार गरेको थियो। 

यी दललाई नाम सच्याएर पेस गर्न आयोगले आइतबार पत्र काटेर त्रुटि सच्याउने समय सोमबार अपराह्न ४ बजेसम्म निर्धारण गरेको थियो। 

जसपा नेपालले पनि मधेस प्रदेश सभाको समानुपातिक सूची सच्याएर बुझाएको छ। मधेस प्रदेश सभामा समानुपातिकतर्फ जसपाले सात सिट पाएको थियो।

यस्तै, नेकपा एमालेले भने सूची नसच्याइ आफूले पहिले नै पठाएको सूचीलाई मान्यता दिन निर्वाचन आयोगलाई जवाफ पठाएको छ।

समानुपातिक निर्वाचनतर्फका प्रवक्ता गुरु वाग्लेका अनुसार यी दलले दुई सय २० सदस्यीय प्रदेश सभाको नाम छनोटमा क्लस्टर नमिलाएको, प्राथमिकता क्रम मिचेकोलगायत त्रुटि भेटिएका थिए।