१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० मङ्सिर २३ शनिबार ०७:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेसले हटायो समानुपातिक सूचीमा रहेका चार नाम 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० मङ्सिर २३ शनिबार ०७:५७:००

कांग्रेसले प्रतिनिधिसभातर्फ समानुपातिक सांसदका लागि सिफारिस गरेका चारजनाको नाम निर्वाचन आयोगले सूचीबाट हटाएको छ । गोपालमान श्रेष्ठ, आनन्द ढुंगाना, अब्दुल सतार र बालकृष्ण पाण्डेको नाम निर्वाचन आयोगले सूचीबाट हटाएको हो । 

समानुपातिकको सूचीबट यी चारजनाको नाम हटाउन कांग्रेस केन्द्रीय कार्यालयले निर्वाचन आयोगमा निवेदन दर्ता गराएको थियो । कांग्रेस सचिव कृष्णप्रसाद दुलालले केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार निर्वाचन आयोगमा निवेदन दिई श्रेष्ठ, ढुंगाना, सतार र पाण्डेको नाम समानुपातिक सूचीबाट फिर्ता लिइएको बताए । 

उनले फिर्ताको प्रयोजन भने खुलाएनन् । यद्यपि, सूचीमा नाम रहिरहँदा अन्यत्र अवसर पाउनबाट वञ्चित हुने तर्क गरे । ‘केन्द्रीय कार्यसमितिको निर्णयअनुसार नै नाम फिर्ता लिइएको हो । यही प्रयोजन भन्ने होइन । तर, सूचीमै रहँदा अन्यत्र अवसर पाउन सकिने अवस्था रहँदैन,’ दुलालले नयाँ पत्रिकासँग भने । 

आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले निवेदन आएकाले वेटिङ लिस्टमा रहेका चारजनाको नाम सूचीबाट हटाउने निर्णय भएको बताए । ११ माघमा राष्ट्रिय सभा निर्वाचन मिति घोषणा भएपछि कांग्रेसले नाम सूचीबाट हटाएको हो । सूचीमा नाम समावेश भएकाले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बन्न नपाउने व्यवस्था छ ।