१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १९:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमालेले बुझायो अन्तिम सूची, परिवार दलका एकनाथ ढकाल पनि एमालेबाट सांसद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १९:२o:oo

प्रतिनिधिसभातर्फको समानुपातिकमा सबैभन्दा धेरै मत ल्याएर पहिलो पार्टी बनेको एमालेले सांसदका लागि ३४ जनाको नाम निर्वाचन आयोगमा बुझाएको छ। एमालेले २२ महिला र १२ पुरुष गरी ३४ जनाको नाम आयोगमा बुझाएको हो। 

एमालेले बुझाएको सूचीअनुसार आदिवासी–जनजातिबाट देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेबे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी मगर, शान्ति श्रेष्ठ र सरस्वती सुब्बा सांसद बन्दै छन्। 

खसआर्यबाट रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही, मेनकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, सुनीता बराल पनि सांसद बन्ने निश्चित भएको छ। 

यसैगरी, थारू क्लस्टरबाट आश्माकुमारी चौधरी र शान्ति चौधरी, दलितबाट ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा, रुक्मणि राना बराइली र हर्कमाया विश्वकर्मा छन्। 

मधेसी क्लस्टरमा गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, विना देवी, अमृता अग्रहरि र प्रतीक्षा तिवारी मुखिया, मुस्लिमबाट सराज अहमद खानको नाम एमालेको अन्तिम सूचीमा छ। 

ad
ad