१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर २१ बुधबार ११:२७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिद्धार्थ बैंकको १३ प्रतिशत लाभांश घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर २१ बुधबार ११:२७:००

सिद्धार्थ बैंकले सेयरधनीलाई १३ दशमलव १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिले आव ०७८/७९ को वितरणयोग्य मुनाफाबाट १२ दशमलव ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

बैंकको हाल कायम रहेको चुक्ता पुँजी १२ अर्ब ५२ करोड ४४ लाख रुपैयाँमा एक अर्ब ५६ करोड ५५ लाख रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको जनाएको छ । कर प्रयोजनका लागि आठ करोड २३ लाख ९७ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको जनाइएको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात् बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्र वितरण गरिनेछ ।

बैंकले हाल देशभरमा चार एक्सटेन्सन काउन्टरसहित एक सय ९३ शाखा, एक सय १८ शाखारहित बैंकिङ, दुई सय १५ एटिएम, एक हजार सात सयभन्दा बढी पिओएस् मेसिन र २० हजारभन्दा बढी क्युआर मर्चेन्टमार्फत सेवा दिइरहेको जनाएको छ ।