१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o९:३१:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

जाडोमा यसरी गर्नुस् छालाको स्याहार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o९:३१:oo

जाडोमा प्रायः ओठ सुक्खा हुने, हातखुट्टा फुट्ने, चिरा पर्ने समस्या धेरैमा देखिन्छ । राति अबेर बस्ने र बिहान ढिलासम्म सुत्ने बानीले छालासम्बन्धी मात्रै होइन, अन्य रोगसमेत निम्त्याउन भूमिका खेलिरहेको हुन्छ । अर्काेतर्फ, जाडो मौसममा हामीले कम पानी पिइरहेका हुन्छौँ, जसकारण पानीको कमीले छालामा विभिन्न समस्या देखा पर्छ ।

व्यस्त जीवनशैलीका कारण तनाव एवं थकान बढी हुन्छ । यसले पनि छालालाई असर गरिरहेको हुन्छ । सबैभन्दा ठूलो असर प्रदूषणले गर्छ । त्यसको प्रत्यक्ष असर अनुहारमा पनि देखिन्छ । धुवाँ–धुलोबाट बच्न लोसन, मोस्चराइजर लगाउनु जरुरी हुन्छ। 

आयली स्किन :  आयली स्किन भएकाहरूले मनतातो पानी र नर्मल फेसवासले अनुहार धुनुपर्छ । आयली छालाका लागि छुट्टै जेलबेस मस्चराइजर क्रिम पनि पाइन्छ । यस्तो मोस्चराइजरले डन्डिफोर आउँदैन । बिहान मनतातो पानीले मात्रै मुख धुने गर्नुपर्छ, त्यसपछि सनब्लक नियमित लगाउनुपर्छ । यसले घाम र प्रदूषण दुवैबाट बचाउँछ । अर्काे, पर्याप्त पानी पिउने गर्नुपर्छ । फलफूल पनि खाने गर्नुपर्छ । सुन्तला, जुनार, भोगटेलगायतका फलफूल खानुपर्छ । यसले छालाको चिल्लोपन सन्तुलनको काम गर्छ । बाहिरबाट आएपछि साँझ फेसवास र मनतातो पानीले मुख धुने गर्नुपर्छ ।

सुक्खा स्किन :  जाडो मौसममा प्रायः धुवाँ–धुलोले सुक्खा छाला हुनेहरूलाई बढी असर गरिरहेको हुन्छ । सुक्खा छालालाई चिल्लो बनाउन मोस्चराइजर प्रयोग गर्नुपर्छ । चिकित्सकसँग परामर्श लिएर आफ्नो छालामा सुहाउँदो मोस्चराइजर लगाउनुपर्छ । धेरै चिसो र धेरै तातो पानीले धुनुहुँदैन । पर्याप्त पानी पिउने गर्नुपर्छ । बाहिर निस्कँदा मोस्चराइजर क्रिम र सनब्लक अनिवार्य लगाउनुुपर्छ । फलफूल खाने गर्नुपर्छ । यसले छालाको सुक्खापन सन्तुलनको काम गर्छ । 

डार्क स्किन : घर अथवा अफिसको काममा हामी लामो समयसम्म कम्प्युटर, ल्यापटप र मोबाइलमा व्यस्त हुन्छौँ । यी विद्युतीय उपकरणबाट आउने प्रकाशले छालालाई असर गर्छ । अफिसमा काम गर्ने अधिकांशको समय कम्प्युटरअगाडि बसेर बित्छ । यसबाट आँखावरपर डार्क सर्कल देखिन्छ । यसका लागि कम्प्युटरमै बसेका वेला दुई–दुई घन्टाको ग्यापमा मोस्चराइजर र सनब्लक लगाउन सकिन्छ अनुहार धोई राख्नुपर्दैन, टिस्यु पेपरले सफा गर्दा हुन्छ । टिस्यु पेपर तीनपटकसम्म प्रयोग गर्न सकिन्छ । 

स्किन केयर रुटिन 

बिहानको समय : बिहानको समयमा बाहिर हुँदा घाम र प्रदूषणबाट बच्नुपर्ने हुन्छ । त्यस्तै, छालालाई चिसो र घामबाट पनि जोगाउनुपर्ने हुन्छ । चिसोमा मनतातो पानीले मुख धुँदा राम्रो हुन्छ । त्यसपछि घरबाहिर निस्कनुअघि सन प्रोटेक्सन क्रिम लगाएर मात्र निस्कनुपर्छ । छालाको मोस्चराइज हराउँदै गएपछि चाउरी पर्ने तथा रुखो हुने समस्या हुन्छ । मोस्चराइजरले छालालाई नरम तथा पोषित बनाउँछ । यसबाट एउटा प्रोटेक्टिभ लेयर बन्छ, जसले प्रदूषणबाट बच्न सहयोग गर्छ । छालालाई चम्किलो बनाउने उपाय फेसियल पनि हो । साताको दुईपटक फेसियल गरेर अनुहारको मृत सेललाई माडेर फाल्न सकिन्छ । 

रातको समय : दिउँसो बाहिर हिँड्दा मेकअप गरिएको हुन्छ । सुत्नुअघि मेकअप पखाल्नुपर्छ । त्यसका लागि क्लिन्जिङ वा फेसवास प्रयोग गर्न सकिन्छ । राति सुत्दा पनि अनिवार्य मोस्चराइजर क्रिम अनिवार्य लगाउनुपर्छ । किनकि, रातमा हामी आरामसँग सुत्दा हाम्रो छालाले पनि रिपेयरिङको काम गरिरहेको हुन्छ । त्यसैले सुत्नुअघि राम्ररी अनुहार सफा गर्दा छाला चम्किलो रहन्छ । एन्टिएजिङ, दाग–धब्बालगायत समस्याबाट पनि मुक्त हुन सकिन्छ ।

 

 

ad
ad