Skip This
पोल्यान्डलाई एम्बाप्पेको डर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
२o८१ बैशाख २८ शुक्रबार o७:११:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

पोल्यान्डलाई एम्बाप्पेको डर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार o७:११:oo

कतार फिफा विश्वकप फुटबल प्रतियोगिताको आइतबार साबिक विजेता फ्रान्सले पोल्यान्डको सामना प्रिक्वार्टरफाइनल गर्दै छ । अलथुमा रंगशालामा पोल्यान्डलाई उत्कृष्ट फर्ममा रहेका फ्रान्सेली युवा स्ट्राइकर केलियन एम्बाप्पेसँग डर छ । फ्रान्स समूह ‘डी’ को विजेता र पोल्यान्ड समूह ‘सी’ बाट उपविजेता बन्दै अन्तिम १६ मा पुगेका छन् । प्रशिक्षक डिडिएर डेस्चाम्पस समूह चरणको अन्तिम खेलमा ट्युनिसियाविरुद्ध गरेको गल्ती दोहोर्‍याउने पक्षमा छैनन् । 

टयुनिसियासँगको खेलमा प्रशिक्षक डिडिएरले सिनियर खेलाडीलाई विश्राम दिएका थिए । फ्रान्स एक खेलअघि नै नकआउट चरणमा प्रवेश गरेका कारण प्रशिक्षक डिडिएरले ट्युनिसियाविरुद्धको खेलमा मौका दिन युवा खेलाडीलाई मैदानमा प्रवेश गराएका थिए । फ्रान्सका केलियन एम्बाप्पे, ओस्माने डेम्बेले, एन्टोनियो ग्रिजम्यान र ओलिभर जिरुड प्रमुख खेलाडी हुन् । एम्बाप्पेको आक्रामक खेल पोल्यान्डका लागि घातक हुन सक्छ । 

सन् १९९८ र सन् २०१८ को च्याम्पियन फ्रान्सले चालू विश्वकपमा फरक इतिहास बनाएको छ । सन् २००६ पछि साबिक विजेता नकआउट चरणमा पुग्ने पहिलो राष्ट्र बनेको छ । फ्रान्स पछिल्लो पाँच संस्करणमा अन्तिम १६ बाट बाहिरिएको छैन । फिफाको २६औँ वरीयताप्राप्त पोल्यान्डविरुद्ध चौथो वरीयताको फ्रान्स उच्च मनोबलका साथ रहनेछ । 

पोल्यान्ड पनि लयमा
गोलरक्षक विज्चेज स्जेलेस्नीले उत्कृष्ट प्रदर्शन जारी राख्दा पोल्यान्डसमेत उच्च लयमा देखिन्छ । अन्तिम खेलमा स्जेलेस्नीले सातपटक बालोन डिअर विजेता तथा अर्जेन्टिनाको कप्तान लियोनल मेसीको पेनाल्टी उत्कृष्ट ढंगले बचाएका थिए । युभेन्टसका खेलाडीसमेत रहेका स्जेलेस्नीले समूह चरणका तीन खेलमध्ये दुई खेलमा ‘क्लिनचिट’ राखेका थिए । रोबर्टाे लेवान्डोस्कीको कप्तानीमा रहेको पोल्यान्ड सन् १९८६ पछि पहिलोपटक विश्वकपको नकआउट चरणमा स्थान रक्षा गरेको हो ।
दुई टोलीबीचको हेड टु हेडमा फ्रान्स नै बलियो देखिएको छ । पछिल्लो १६ भेटमा फ्रान्सले पोल्यान्डमाथि आठ जित र तीन हारको सामना गरेको छ । पोल्यान्ड र फ्रान्सबीच तीन खेल बराबर भएको छ । 

इंग्ल्यान्ड र सेनेगल भिड्दै
इंग्ल्यान्ड र सेनेगलले क्वार्टरफाइनल प्रवेशका लागि अल बायन मैदानमा प्रतिस्पर्धा गर्दै छन् । गेराथ साउथगेटको प्रशिक्षणमा इंग्ल्यान्ड समूह ‘बी’ को विजेता बनेको थियो । वेल्सविरुद्ध तीन गोल गरेसँगै इंग्ल्यान्डले विश्वकपमा एक सय गोल पूरा गरेको थियो । इंग्ल्यान्डले समूह चरणमा विपक्षी पोस्टमा नौ गोल गर्दा मात्र तीन गोल व्यहोरेको छ । 

सेनेगल समूह ‘ए’को उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको हो । प्रभावशाली स्ट्राइकर साडिओ मानेविना सेनगेल पहिलो खेलमा नेदरल्यान्ड्ससँग २–० ले पराजित हुँदा कतारलाई ३–१ र इक्वेडरलाई २–१ ले पराजित गर्दै नकआउटमा स्थान बनाएको थियो । फिफा वरीयतामा पाँचौँ स्थानको इंग्ल्यान्डले १८औँ स्थानको अफ्रिकन च्याम्पियन सेनेगललाई दबाब सिर्जना गर्न सक्छ । अघिल्ला तीन खेलमा इंग्ल्यान्ड अग्रपंक्तिमा बलियो देखिएको छ । इंग्ल्यान्डका मार्कुस रसफोर्ड, जड विलिंघन, कप्तान ह्यारी केन, बुकायो साका, रहिम स्टर्लिङजस्ता खेलाडी खतरनाक हुन् ।

ad
ad