माओवादीसँग एकताबारे छलफल नै भएको छैन : एकीकृत समाजवादी

शुक्रबार, १६ मंसिर, २०७९
डिजिटल संस्करण

नेकपा (एकीकृत समाजवादी) पार्टीले नेकपा (माओवादी केन्द्र)सँग एकता हुने भन्ने विषयमा सत्यता नरहेको बताएको छ। पार्टी महासचिव डा. बेदुराम भुसालले शुक्रबार एक विज्ञप्तिमार्फत यस विषयमा कुनै छलफलसमेत नभएको प्रस्ट्याएका हुन्।

नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता रहे पनि माओवादीसँग एकताका लागि कुनै संवाद नभएको विज्ञप्तिमा दाबी गरिएको छ। ‘हुँदै नभएको प्रचार गराएर भ्रम सिर्जना गर्न खोजिएकाले त्यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ,’ सो पार्टीले भनेको छ।

सुझावित समाचार