मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ मङ्सिर १५ बिहीबार
  • Friday, 28 August, 2026
२o७९ मङ्सिर १५ बिहीबार ११:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिराहामा सालनालसहित बेवारिसे शिशु भेटियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १५ बिहीबार ११:१५:oo

सिराहाको दक्षिणी सीमावर्ती बरियारपट्टी गाउँपालिका– ३ मा पर्ने पूर्व–पश्चिम हुलाकी सडकनजिकै बिहीबार बिहान सालनालसहित बेवारिसे शिशु भेटिएको छ।

इलाका प्रहरी कार्यालय बरियारपट्टीका अनुसार बरियारपट्टी बजारदेखि चार सय मिटर पश्चिममा रहेको पेट्रोलपम्प र हुलाकी सडकदेखि ५० मिटर दक्षिणको धानखेतमा कपडामा पोको पारिएको सालनालसहितको बेवारिसे शिशु भेटिएको हो।

धान भित्र्याउने समय भएकाले बिहान करिब ६ बजेतिर खेततिर जाँदै गरेका स्थानीय अधिकलाल यादवले धानखेतमा बच्चा रोएको आवाज सुनेपछि गाउँले र प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट पुगेको प्रहरी टोलीले नवजात शिशुलाई उद्धार गरी स्वास्थ्य चौकी बरियारपट्टी पुर्‍याएको छ। शिशु दुई किलो आठ सय ग्राम तौलको छोरा रहेको र स्वास्थ्य अवस्था राम्रो रहेको स्वास्थ्यकर्मीले जनाएका छन्।

प्रहरीका अनुसार शिशुलाई जिल्ला अस्पताल सिराहा पठाउने तयारी भइरहेको छ। अवैध सम्बन्धका कारण बच्चा जन्मिएपछि फालेको हुन सक्ने स्थानीयले आशंका गरेका छन्।