मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर १० शनिबार
  • Wednesday, 17 September, 2025
२o७९ मङ्सिर १० शनिबार १४:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सेवासुविधा मन्दिर र विद्यालय निर्माणमा खर्च गर्ने सांसद् बुढाको घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १० शनिबार १४:१२:oo

डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित धनबहादुर बुढाले पाँच वर्षसम्म नेपाल सरकारबाट पाउने सेवा सुविधा मठमन्दिर, गुम्बा र विद्यालय निर्माण तथा मर्मतमा खर्च गर्ने घोषणा गरेका छन्।

जिल्लाका सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले मठमन्दिर, गुम्बा र विद्यालय निर्माणसहित विपन्न बालबालिकाको पठनपाठनमा सहयोग गर्ने घोषणा गरेका हुन्। डोल्पाली जनताले लगातार तेस्रो कार्यकालसम्म जिताएकोमा धन्यवाद दिँदै उनले जनताको हरेक सुखदुखमा साथ दिने बताए।

नवनिर्वाचित सांसद बुढाले भेरी करिडोर स्तरोन्नती, मसिनेचौर विमानस्थलमा परीक्षण उडान, ‘त्रिपुराकोट काइगाउँ बजार बचाउ’ योजनाहरुलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता गरेका छन्।