मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ मङ्सिर ८ बिहीबार २०:५३:००
Read Time : < 1 मिनेट
समाचार

एकीकृत समाजवादीका राजेन्द्र पाण्डे विजयी

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ८ बिहीबार २०:५३:००

धादिङको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सत्तागठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे विजयी भएका छन्।

नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष एवम् बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका पाण्डेले एमाले-राप्रपाका साझा उम्मेदवार नेकपा एमालेका भुमि त्रिपाठीलाई ७ हजार ९ सय ८१ मत अन्तरले पराजित गरेका हुन्।

प्रारम्भिक मत परिणाम अनुसार पाण्डेले ३५ हजार ९ सय ३४ मत प्राप्त गरेका छन् भने उहाँका निकटतम प्रतिद्धन्दी एमालेका त्रिपाठीले २७ हजार ९ सय ५३ मत पाएका छन्। यो क्षेत्रमा ८० हजार ६ सय १५ मत खसेको थियो।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १२ हजार ४ सय ७५ मत प्राप्त गरेका छन्। पाण्डे गठबन्धनमा रहेका नेकपा एकिकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार हुन् । त्रिपाठी एमाले र राप्रपाका साझा उम्मेदवार हुन् ।