मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचित भएको प्रमाणपत्र बुझ्दै ओली
२०७९ मङ्सिर ८ बिहीबार १७:२८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

निर्वाचनमा जनताको बहकाउ देखियो : ओली

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर ८ बिहीबार १७:२८:००

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचनको परिणामले जनता बहकाउमा लागेको देखिएको टिप्पणी गरेका छन्। नयाँ शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको यो परिणाम पछि ओलीले निर्वाचनमा मतदाता गम्भीर हुन नसकेको बताएका हुन्।

झापा–५ बाट निर्वाचित भएको प्रमाणपत्र बुझ्दै ओलीले आवधिक निर्वाचनमा एउटा मतले सरकार बनाउने र नबनाउने तय गर्ने भएकाले गम्भीर हुनुपर्ने बताए। यद्यपि यो परिणामले त्यस्तो नदेखिएको ओलीको टिप्पणी थियो। ‘यो आवधिक निर्वाचनलाई रमाइलोको रूपमा होइन, देशलाई कुन बाटो दिने, कस्तो बनाउने भन्ने कुरामा गम्भीर भएर सोच्ने, उम्मेदवार बनाउने र मतदान गर्ने कुरा हो। ताकि हाम्रो एउटा मतले देशको भविष्य तय गर्छ। एउटा मतले सरकार बनाउने नबनाउने तय गर्छ ।  त्यस्तो गम्भीर विषयलाई त्यसैअनुसार गम्भीरतापूर्वक लिनुपर्छ,’ ओलीले भने, ‘मत परिणामले त्यो गम्भीरता नरहेको हो कि भन्ने देखायो । त्यो खालको शिक्षा राजनीतिक पार्टी पु¥याउन नसकेको हो कि ! जनताको मनोभावना, जनताका समस्यालाई सम्बोधन गर्न नसकेका हौँ कि ! जसले गर्दा जनतामा फेरि पनि बहकाउ, अलिकति उदासीनताजस्ता कुरा देखिएका छन्।’

ओलीले निर्वाचन उत्साव भए पनि गम्भीर निर्णय लिने उत्सव भएको बताए । उनले यो निर्वाचन पाँच वर्षका लागि मात्र नभएको बताए । ओलीले पाँच वर्षमा देश ओरालो लागे थाम्न गाह्रो हुने भन्दै यो निर्वाचनको परिणामले फेरि सत्ताको फोहोरी खेल सुरु हुने तर्क गरे। यो परिणामले स्थिरता र स्थायित्व दिन नसक्ने उनले बताए ।

‘यस वर्षको निर्वाचन परिणामले हामीले जसरी स्थिरता, स्थायित्व कायम गर्न खोजेका थियौँ, त्यो भएन । कुनै पनि राजनीतिक दलको स्पष्ट बहुमत आएन । अब मिलिजुली सरकार बनाउने कसरततिर राजनीतिक पार्टी लाग्नुपर्ने भयो । अथवा सुरुदेखि नै मोलतोल, लेनदेन र भागबन्डा आदिइत्याधिको फोहोरी खेल हुने भयो,’ ओलीले भने, ‘अब टाउका गनेर भाग, हिस्सा दिनुपर्ने भयो । योग्यता हेरेर हैन ! योग्य मान्छे दिनुपर्ने अवस्था रहँदैन । कसरी पनि बहुमत पु¥याउने भनेपछि त हरेकले आफ्नो भाउ त स्वभामविक बढाउने भयो । बजारमा आपूर्ति कम छ भने त डिमान्ड बढी छ भने त मूल्य त वृद्धि हुने भयो । जसरी होस् संसद्मा पहिलोपटक पुगेको भए पनि, भवितब्य भएर पुगेको भए पनि, उसले आफ्नो मूल्य राम्रै राख्ने भयो ।’

उनले अबको राजनीति जनतामा केन्द्रित हुने भन्दा पनि एक÷दुई महिना सरकार गठनको खेलमा रहने बताए । ‘एक÷दुई महिनामा कसैले बहुमत पुर्याएन भने प्रमुख पार्टीले सरकार बनाउने कुरा हुन्छ । उसले एक महिनाभित्र बहुमत प्राप्त गर्न सकेन भने फेरि अर्को सरकार गठनको प्रक्रिया अर्को ढंगले कोही सांसद्ले सुरु गर्नु भन्ने एउटा अनावश्यक दफा छ संविधानमा त्यो सक्रिय हुन्छ । यो दुई वर्षको चक्र जस्तो चल्यो अब त्यसमै अल्झिन्छ,’ ओलीले भने, ‘सरकार बनाउनै गाह्रो ! बनाएपछि टिकाउनै गाह्रो । जो मन्त्रीले जस्तो गरोस्, जे गरोस् कारबाही हुँदैन ।  अब देश अस्थिरतातर्फ जाने खरता र संभावना यो निर्वाचनले देखाएको छ ।’