१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार २o:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गोरखा १ मा मतगणना नसकिँदै कांग्रेसका बजगाईंको जित सुनिश्चित, दुवै सभामा एमाले शून्य 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २o:१६:oo

गोरखा १ मा कांग्रेस उम्मेदवार राजेन्द्र बजगाईंले भारी मतले अग्रता लिएका छन्। सात हजार मत गन्न बाँकी छँदै उनी १५ हजार ३९८ मतले अघि छन्। 

मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माका अनुसार त्यहाँ खसेकोमध्ये ४६ हजार ८९५ मत सदर भएको छ। अहिले मतगणना जारी छ। तर, कांग्रेस उम्मेदवार बजगाईंले भारी मतान्तरसहित विजय सुनिश्चित गरेका छन्। उनले २८ हजार ५२८ मत प्राप्त गरिसकेका छन्। 

उनका प्रतिस्पर्धी एमालेका रामशरण बस्नेत भने निकै पछाडि छन्। पछिल्लो अपडेटअनुसार उनले १३ हजार १३० मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सुवर्ण रोकाहाले ३ हजार ७२२ मत पाएका छन्। 

प्रदेश सभा १ मा माओवादी र २ मा कांग्रेस उम्मेदवार विजयी भएका छन्। १ का माओवादी उम्मेदवार कृष्णप्रसाद धिताल १५ हजार ४५७ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी एमालेका सुरेन्द्रबहादुर थापाले नौ हजार ८२२ मत ल्याएका छन्। 

त्यस्तै, प्रदेश सभा २ मा कांग्रेसका नन्दप्रसाद न्यौपाने १६ हजार २६५ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी एमाले उम्मेदवार मोहनप्रसाद भट्टराईको मत भने सात हजार ५३३ मात्र छ। स्वतन्त्र डाकबहादुर पराजुलीले तीन हजार ६९४ मत पाएका छन्। प्रतिनिधिसभा र प्रदेश सभा दुवैमा एमाले पराजित भएको छ।

ad
ad