१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ मङ्सिर ७ बुधबार १५:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाँकेका तीन प्रदेश सभा : जसपा दुई र एमाले एक क्षेत्रमा विजयी

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ७ बुधबार १५:०६:००

लुम्बिनी प्रदेशशसभाका लागि बाँकेमा रहेका ६ वटा निर्वाचन क्षेत्रमध्ये तीनवटाको नतिजा आएको छ। सार्वजनिक नतिजा अनुसार जनता समाजवादी पार्टीले बाँके २ प्रदेशसभा ‘क’ र ख तथा एमालेले ३ प्रदेशसभा ‘क’मा जितेको हुन्।

२ प्रदेशसभा ‘क’मा जसपाका भण्डारीलाल यादवले एमालेका विजयबहादुर यादवलाई हराएका छन्। भण्डारीलाल ११ हजार ५०४ मतसहित विजयी हुँदा विजयबहादुरले ९ हजार ३५८ मतमा चित्त बुझाए। कांग्रेसका राजकुमार कुर्मीले आठ हजार ७३१ मत मात्र पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

प्रदेशसभा सदस्यमा विजयी भएका यादव स्थानीय तह निर्वाचनमा  कांग्रेसका नरेन्द्रकुमार चौधरीसँग अध्यक्षमा पराजित भएका थिए ।

२ प्रदेशसभा ‘ख’ पनि जसपाकै आदेश अग्रवाल विजयी भएका छन्। अग्रवाल ८ हजार २४६ मतसहित विजयी हुँदा उनका निकतम प्रतिस्पर्धी एमालेका निरक गुरुङले ६ हजार ७०९ मत पाए। लुम्बिनी प्रदेशका वनमन्त्री सुरेन्द्रबहादुर हमाल ६ हजार २४७ मतसहित तेस्रोमा झरे। 

बाँके ३ प्रदेशसभा ‘क’मा भने एमालेका रत्न खत्री विजयी भएका छन्। उनले कांग्रेस र माओवादीको समर्थन पाएका स्वतन्त्र उम्मेदवार दलबहादुर सुनारलाई पराजित गरेका हुन् । खत्रीले १३ हजार १५८ मत पाउँदा सुनारले ११ हजार ४६४ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

टिकट नपाएपछि एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य सुनारले स्वतन्त्र उम्मेदवारी दिएका थिए। प्रचारप्रसारकै क्रममा उनी माओवादी केन्द्रमा प्रवेश गरेका थिए। निर्वाचनमा तेस्रो स्थानमा रहेका नागरिक उन्मुक्ति पार्टीका चन्तराम थारुले ९ हजार ५४७ मत पाएका छन्।