१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
श्रवण थापा सर्लाही
२o८१ बैशाख १९ बुधबार ११:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सर्लाही १ (ख)मा समाजवादीकी लुंगेलीको जित सुनिश्चित

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:३५:oo

सर्लाहीमा एकीकृत समाजवादीले खाता खोल्ने भएको छ। क्षेत्र नम्बर १ को प्रदेश सभा (ख)मा एकीकृत समाजवादीकी बेची लुंगेलीको जित सुनिश्चित भएको हो।

लुंगेलीले १२ हजार ६८९ मतसहित ‘लिड’ गरिरहँदा उनकी निकटतम प्रतिस्पर्धी एमालेकी शान्ती लामाले ६ हजार ३९४ मत मात्र प्राप्त गरेकी छिन्। स्वतन्त्र उम्मेदवार राजन श्रेष्ठले ५ हजार ४७ मत प्राप्त गरेका छन्।

३४ हजार ८६६ मत गणना गर्दा लुंगेली निकटतम प्रतिस्पर्धीभन्दा दुई गुणा मतले अघि देखिएकी हुन्। यस क्षेत्रमा कुल ३८ हजार २७२ मत खसेको थियो। एकीकृत समाजवादीकी लुंगेली ६ हजार २९५ मतान्तरले अघि बढिरहँदा यस प्रेदश क्षेत्रमा ३ हजार ४०६ मत मात्र गणना हुन बाँकी छ।

लुंगेली २०७४ को प्रदेश सभा निर्वाचनमा पनि यहि क्षेत्रबाट निर्वाचित निवर्तमान सांसद हुन्। उनलाई पछ्याइरहेकी एमालेकी शान्ती कुमारी लामा लालबन्दी नगरपालिकाकी निवर्तमान उपमेयर हुन्।

ad
ad