१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o९:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

धनकुटामा कांग्रेसका सुनिल थापाले मतान्तर साँघुरो पार्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o९:५५:oo

धनकुटामा जारी प्रतिनिधिसभा तथा प्रदेश सभाको मतगणनामा एमालेले तीनै क्षेत्रमा अग्रता लिईरहेको छ । तर, प्रतिनिधिसभातर्फको जारी गणनामा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेस नेता सुनिलबहादुर थापाले एमाले नेता राजेन्द्रकुमार राइसँगको अन्तर साँघुरो पारेका छन् ।

यसअघि सार्वजनिक भएको गणनामा दोब्बर मतले पछि परेको थापाले अन्तर घटाएका हुन् । पछिल्ला मत परिणाम अनुसार प्रतिनिधिसभातर्फ एमालेका राई ५ हजार ५ सय ११ मत सहित अग्रस्थानमा रहेका छन् भने कांगे्रसका थापाले ४ हजार ३ सय ७३ मत सहित पच्छ्याईरहेका छन् । स्वतन्त्र उम्मेदवार दिएका हेमराज भण्डारीले १ हजार ५ सय ६ मत प्राप्त गरेका छन् । हालसम्म चौबिसे गाउँपालिकाको ६ वटा वडा र महालक्ष्मी नगरपालिकाको ५ वटा वडाको मात्र मत गणना गरिएको छ ।

त्यस्तै प्रदेशसभा सदस्यतर्फ पनि दुवै क्षेत्रमा एमालेको अग्रता कायम रहेको छ । क्षेत्र नं. १ मा एमालेका निरन राईले २ हजार ९ सय ८१ मत प्राप्त गरी अग्रता हाँसिल गर्दा  जसपाका रकम चेम्जोङले १ हजार ७ सय ९३ मतका साथ पच्छ्याईरहेका छन् ।

त्यसैगरी क्षेत्र नं. २ मा एमालेका इन्द्रमणि पराजुली २ हजार ८ सय ८७ मतका साथ अग्रस्थानमा रहेका छन् भने सत्तागठबन्धनको तर्फबाट माओवादी केन्द्रकी कुसुम कुमारी श्रेष्ठले २ हजार ४६ मत सहित पच्छ्याईरहेकी छिन् । मतगणना जारी छ ।
  
 

ad
ad