१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o७:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सदर र बदर मतको बिवादले रुपन्देही ४ को गणना स्थगित, झण्डै नौ हजार गणना भइसक्दा लोसपाको अग्रता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:५६:oo

रुपन्देही ४ को मतगणना रोकिएको छ । मत गणना गर्ने क्रममा देखिएको सदर र बदर मतको विषयमा विवाद हुँदा केही समय मतगणना रोकिएको हो ।
क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्यको लागि चार हजार ८ सय ४३ मत गणना भएको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले बताए ।

जसमा लोसपाका सर्बेन्द्र नाथ शुक्लाले  साईकल चुनाव चिन्हमा एक हजार ८ सय ८३ मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाली कांग्रेसका प्रमोद यादवले रुख चिन्हमा एक हजार तीन सय ४० मत प्राप्त गरेका छन् ।

जनमत पार्टीका भोपेन्द्र यादवले लाउडस्पिकर चिन्हमा एक हजार ३३ मत प्राप्त गरेका छन् । विवाद देखिएको विषयमा सर्वदलीय बैठक बसि सहमतिको प्रयास भइरहेको र केही समयमै मतगणना सुरु हुने आर्चायले बताए ।
 

ad
ad