मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर ५ सोमबार
  • Tuesday, 15 July, 2025
२o७९ मङ्सिर ५ सोमबार १३:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पम्फालाई पछाडि पार्दै तोसिमा दोस्रो, एमालेको अग्रता कायमै  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ५ सोमबार १३:२९:oo

 ललितपुर क्षेत्र नम्बर तीनमा एमाले उम्मेदवार अमृत खड्काले ९३६ मत ल्याएर अग्रता कायमै राखेका छन्।

गठबन्धनको तर्फबाट माओवादीकी उम्मेदवार पम्फा भुसाललाई राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले पछाडि पारेकी छन्। स्वतन्त्रकी तोसिमाले ८७५ मत ल्याउँदा माओवादीकी भुसालले ७ सय ७५ मत प्राप्त गरेकी छिन्।

पहिलो नम्बरमा एमालेका उम्मेदवार खड्काले सुरुवातदेखि नै लिड गरिरहेका छन्। तर, दोस्रो स्थानका लागि भुसाल र कार्कीबीच रोचक प्रतिस्पर्धा चलिरहेको छ।