
तुलसीपुर उपमहानगरपालिका– १० स्थित पातुवन गाउँ मावि ‘ग’ मतदान केन्द्रमा साँझ ७ बजेसम्म मतदान गर्न पाइने भएको छ। मतदाताले प्रतिनिधिसभाको सट्टा प्रदेश सभाको मात्रै मतपत्र पाएपछि विवाद हुँदा मतदान कार्य रोकिएको थियो।
दाङ क्षेत्र नं ३ का निर्वाचन अधिकृत डोलनाथ न्यौपानेका अनुसार पहिले खसेका ९१ वटा मत बदर गरी पुनः मतदान कार्य सुचारु गरिएकाले ७ बजेसम्म मतदान गर्न पाइने व्यवस्था मिलाइएको हो। उनका अनुसार दोस्रोपटक पुनः ४२ जनाले मत खसालिसकेपछि मात्रै घटनाबारे थाहा भएपछि अहिले मतदान कार्य रोकिएको थियो।
कर्मचारीको असावधानीका कारण यस्तो समस्या देखिएको बताइएको छ। उक्त मतदान केन्द्रमा ७ सय ६८ मतदाता रहेका छन्। पहिले खसेका मत बदर गर्ने सहमतिपछि दिउँसो पौने १ बजेतिर पुनः मतदान सुरु भएको हो।