१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ मङ्सिर २ शुक्रबार १७:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बेलहिया नाका : अत्यावश्यक वस्तु आयात, पर्यटकलाई प्रवेश [तस्बिरहरू]

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर २ शुक्रबार १७:४९:००

नेपालमा हुन गइरहेकाे आमनिर्वाचनको मौन अवधि सुरु भएसँगै नेपाल–भारत बेलहीया नाका सिल गरिएको छ। 

गएराति १२ बजेबाट सिल गरिएको नाकाबाट सुरक्षाकर्मीहरुको समन्वयमा अत्यावश्यक वस्तु आयातलाई सहज बनाइएको सशस्त्र प्रहरी रुपन्देहीका प्रमुख एसपि गगन श्रेष्ठले जानकारी दिए। 

श्रेष्ठका अनुसार भारतबाट नेपाल आउनेलाई नागरिकताका आधारमा नेपाल प्रवेश गर्न दिइएको छ भने नेपालबाट भारततर्फ जानेलाई निगरानीका आधारमा भारतीय सुरक्षाकमीसँगको समन्वयमा जाने व्यवस्था गरिएकाे छ। यस्तै पासर्पोटबहाक पर्यटकलाई पनि ओहोर–दोहरमा रोक लगाइएको छैन। 

 

भैरहवा भन्सार कार्यालयले यो अवधिमा खाद्यान्न, इन्धन, औधोगिक कच्चा पदार्थ र औसधिजन्य बस्तुहरु मात्र आयात गर्न दिने जनाएको छ। तर यी बस्तु पनि निर्वाचनका दिन (४ मंसिर) भने ठप्प रहने प्रहरीले जनाएको छ।

भैरहवा भन्सार कार्यालयले मंसिर ४ गते निर्वाचनको दिन यात्रु शाखा मात्र खुल्ने जनाएको छ। नाका सिल भए पनि बेलहीयानाकाबाट दिनभरमा २ सय बढी गाडी र ४ सय बढी नेपाली र भारतीय नागरिकले ओहोर–दोहोर गरेका छन्।