Skip This
राष्ट्रिय सभा उपाध्यक्षकाे निर्वाचन प्रक्रिया सुरु 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o चैत २८ बुधबार
  • Tuesday, 11 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८o चैत २८ बुधबार १३:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा उपाध्यक्षकाे निर्वाचन प्रक्रिया सुरु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o चैत २८ बुधबार १३:३५:oo

राष्ट्रिय सभाकाे नयाँ उपाध्यक्ष पदका लागि निर्वाचन प्रक्रिया सुरु भएकाे छ।

राष्ट्रिय सभाको नयाँ उपाध्यक्षमा एमालेबाट विमला घिमिरे र कांग्रेसबाट विष्णुदेवी पुडासैनी उम्मेदवार छन्। एमाले उम्मेदवार घिमिरेलाई सत्ताघटकका दलहरूको साथ रहेकाले उनको जित सुनिश्चित देखिएको छ।

सत्तागठबन्धनमै रहेको एकीकृत समाजवादीले भने कसैलाई मतदान नगर्ने जनाएको छ। ५८ सदस्यीय सभामा निर्वाचित हुन ३० सांसदको समर्थन आवश्यक पर्छ। सत्तागठबन्धनसँग माओवादीका १७, एमालेका ९, एकीकृत समाजवादीका आठ र जसपाका चार गरी ३९ सांसद छन्। वामदेव गौतमसमेत जोड्दा यो संख्या ४० पुग्छ। समाजवादीका आठ सांसदले मतदान नगरे पनि एमाले उम्मेदवार घिमिरेको पक्षमा बहुमत देखिएको छ।