१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १५:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हिउँ छिचोल्दै उपल्लो डोल्पाका मतदान केन्द्र पुगे कर्मचारी र सुरक्षाकर्मी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १५:o७:oo

हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी पुग्नै मुस्किल छ। 

भौगोलिक विकटता र हिमपातका कारण से–फोक्सुन्डाे, डोल्पोबुद्ध र छार्काताङसाेङ गाउँपालिका मतदान केन्द्रहरूमा निर्वाचन सामग्री लिएर कर्मचारीहरू निकै कष्टका साथ पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जनाएको छ। 

हिउँद लागेसँगै उपल्लो डोल्पामा दैनिकजसो हिमपात भइरहेको छ। तापक्रम सधैँ माइनसमा झर्ने गरेको डोल्पोबुद्ध गाउँपालिकाका स्थानीय पेमा छेवाङ गुरुङले बताए।

सदरमुकाम दुनैबाट तीनदेखि सात दिनसम्म हिँडेर र हिँड्न सम्भव नभएका स्थानमा हेलिकोप्टरबाट निर्वाचन सामग्रीसहित कर्मचारी पठाइएको छ। सो क्षेत्रमा तीनवटा स्थानीय तहका २२ वटा मतदान केन्द्र छन्।

एक सातासम्मको लामो यात्रा, जोखिमपूर्ण बाटो, हिउँले भरिएका अग्लाअग्ला हिमाल चढ्नुपर्ने भएकाले पनि उपल्लो डोल्पाका मतदान केन्द्रहरूमा कर्मचारी र निर्वाचन सामग्री मतदानस्थलसम्म पठाउन निकै समस्या भएको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले बताए। 

उनका अनुसार असोजदेखि नै उपल्लो डोल्पामा हिउँ पर्न सुरु भइसकेको थियो। भौगोलिक विकटताका कारण आइपर्ने समस्यालाई मध्यनजर राख्दै विगतका निर्वाचनमा पनि हेलिकोप्टर प्रयोग भएको थियो। 

उपल्लो डोल्पामा  कर्मचारी र निर्वाचन सामग्री पठाउन पर्ने १५ स्थानमा हेलिकोप्टर प्रयोगका लागि आयोगलाई अनुरोध गरिएको थियो।

उपल्लो डोल्पा भन्नेबित्तिकै कर्मचारी जान आनाकानी गर्छन् भने केहीलाई लेक लाग्ने समस्यासमेत हुने गरेको छ। गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा उपल्लो डोल्पामा लेक लागेर म्यादी प्रहरीको मृत्यु भएको थियो। शान्ति सुरक्षाका लागि जाने क्रममा से–फोक्सुन्डाे गाउँपालिकामा पर्ने से लेकमा ठुलीभेरी नगरपालिका– ७ बस्ने २४ वर्षका सुनील विकको मृत्यु भएको थियो। 

२२ हजार सात सय ७४ जना मतदाता रहेको डोल्पामा स्थायी र अस्थायी गरेर कुल ६८ वटा मतदान केन्द्र छन् । 

 
 

ad
ad