१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o६:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

राजस्व चुहावटको आरोपमा मुद्दा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:o२:oo

राजस्व अनुसन्धान विभागले भन्सार महसुल र मूल्य अभिवृद्धि कर छली गरी राजस्व चुहावट गरेको आरोपमा दुईजनाविरुद्ध मुद्दा चलाएको छ । सर्लाहीको हरिवन नगरपालिका– ११ का किरण विश्वकर्मा र धनुषाको मिथिला नगरपालिकाका कमलकुमार लामाविरुद्ध रु. २५ लाख बिगोबराबरको राजस्व चुहावट गरेको दाबीसहित विभागले उच्च अदालत पाटनमा अभियोगपत्र दर्ता गरेको हो । 

विभागले झन्डै २५ लाख रुपैयाँ बिगो र सजाय हुने बिगो २५ लाख रुपैयाँ गरी झन्डै ५० लाख असुलउपर गरी हदैसम्मको सजायको माग गरेको छ । यस्तै, विभागले दर्ता गरेको आरोपपत्रमा उक्त कपडासहित ओसारपसारमा संलग्न सवारीसाधन पनि जफत गर्न माग गरेको छ । 

विश्वकर्माले सञ्चालन गर्र्दै आएको प्रदेश २–०३–००१ ख १९९७ नम्बरको ढुवानीको साधनमार्फत बिल नभएका ठूलो परिमाणका कपडा लुकाइछिपाइ ओसारपसार गरिरहेको अवस्थामा बरामद भएकाले उनीहरूले भन्सार महसुल तथा मूल्य अभिवृद्धि कर छली गरेको पाइएको विभागले आज एक सूचना जारी गरी जनाएको छ । 

ad
ad