१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o७:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

हिमाली जिल्लामा जोखिम मोलेर मतदान केन्द्र पुग्दै कर्मचारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:५o:oo

भौगोलिक रूपमा अत्यन्त विकट हिमाली जिल्ला हुम्लाका खटिएका मतदान अधिकृतसहितका कर्मचारी जोखिम मोलेर मतदान केन्द्र पुगिरहेका छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि उनीहरू खटिएका हुन् । 

गत १९ असोजमा परेको अविरल वर्षाले क्षतविक्षत बनाएका बाटाघाटामा जोखिम मोल्दै मतदान केन्द्रतिर खटिनुपरेको अदानचुली गाउँपालिका– ४ स्थित सुपाखेत आधारभूत विद्यालय बारीगाउँ मतदान केन्द्रमा खटिएका मतदान अधिकृत विष्णुलाल सार्कीले बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले २६ कात्तिकदेखि कर्मचारी खटाएको थियो । त्यसलगत्तै टोलीहरू हिँडेका थिए । निर्वाचन सामग्री बोकेर लैजाँदा जिल्लाका खार्पुनाथदेखि सर्केगाडको दुल्लीकुनासम्मको बाटो कष्टकर बनेको सार्कीले बताए । ताँजाकोट गाउँपालिका– १ स्थित जनप्रकाश मावि काँडागाउँ मतदान केन्द्रमा चुनाव गराउन खटिएका मतदान अधिकृत कालीबहादुर बुढाले पनि निकै जोखिमका साथ मतदान केन्द्र पुगेको बताए । 

हालसम्म सर्केगाड, चंखेली, अदानचुली र ताँजाकोटका २७ वटा मदातन केन्द्रका मतदान अधिकृत निर्वाचन सामग्रीसहित मतपत्र बुझेर खटिइसकेका छन् । दक्षिणी र मध्य भेगका गाउँपालिकाका मतदान अधिकृतहरूले निर्वाचन कार्यालय हुम्लाले खरिद गरेका र मतदान केन्द्रमा आवश्यक पर्ने १५ प्रकारका सामग्री लगेको जिल्ला निर्वाचन निमित्त अधिकारी श्यामबहादुर रानाले जानकारी दिए ।

ad
ad