आयोजक ज्ञानोदय बालवाटिका र लिटिल एन्जल्स (एलए)ले ३२औँ ज्ञान कार्निभलअन्तर्गत बास्केटबलको महिलामा मंगलबार जित हात पारेका छन् । घरेलु कोर्टमा ज्ञानोदयले एलआरआईलाई २०–८ ले पराजित गर्यो ।
एलएले रातो बंगलालाई १६–८ ले हरायो । महिलातर्फ रातो बंगलाले एलिक्सर एकेडेमीमाथि २०–११ को जित निकाल्यो । पुरुष बास्केटबलमा एलिक्सरले डिएभीलाई ३५–१४ ले पाखा लगायो ।
एलएले रातो बंगलालाई २६–१८ ले हरायो । प्रतियोगिताको महिला फुटबलमा रातो बंगला र एलए विजयी भए । रातो बंगलाले आयोजक ज्ञानोदयलाई ४–० गोलले पराजित गर्यो ।
रातो बंगलाकी इभाना सुवेदी र स्वीकृति शाहले समान दुई गोल गरे । एलएले त्रियोगमाथि २–० को जित दर्ता गर्यो । दुवै गोल अभिव्यक्ति तामाङले गरिन् । पुरुष फुटबलमा एलएले पाठशालालाई २–० गोलले पाखा लगायो । एलएका लागि अक्षय श्रेष्ठले एक गोल गरेका थिए । पाठशालाबाट एक गोल आत्मघाती भयो ।