बाढीबाट अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा केन्द्र सरकारबाट राहत सामग्री नपुगेको गुनासो छ । तर, प्रधानमन्त्री बालेन्द्र शाहले भने मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकबाट झुटो प्रचार गर्दै नुवाकोटका सबै स्थानमा व्यवस्थित रूपमा राहत वितरण भएको दाबी गरे ।
‘बाढी प्रभावितहरूलाई व्यवस्थित रूपमा राहत वितरण कार्य जारी छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘नुवाकोटका १९ अस्थायी आश्रयस्थलमा २ हजार ६५३ जनाले आश्रय तथा राहत प्राप्त गर्नुभएको छ, रसुवाका प्रभावितहरूलाई पनि नुवाकोटमा आश्रय तथा राहत उपलब्ध गराइएको छ ।’ तर, प्रभावित स्थानीय नागरिक र स्थानीय सरकारका प्रमुखहरूले केन्द्रबाट राहत प्राप्त नभएको बताएका छन् ।