मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १७ बुधबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ भदौ १७ बुधबार १o:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संकटको समयमा भ्रामक सूचना फैलाएर सामाजिक द्वन्द्व बढाउने प्रयास भइरहेकोले सतर्क रहन शिक्षामन्त्रीको आग्रह 

‘सत्य बुझौँ, भ्रम नफैलाऔँ’ भन्दै सामाजिक सद्भाव कायम राख्नसमेत आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ भदौ १७ बुधबार १o:३७:oo

शिक्षामन्त्री सस्मित पोखरेलले संकटको समयमा अपुष्ट तथा भ्रामक सूचना फैलाएर सामाजिक द्वन्द्व बढाउने प्रयास भइरहेको भन्दै त्यस्ता सूचनाप्रति सतर्क रहन आग्रह गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै मन्त्री पोखरेलले बाढीका वेला उनका बुबा–आमा ल्हासामा रहेको र सरकारले उनीहरूलाई हेलिकाेप्टर चार्टर गरेर नेपाल ल्याएको भन्ने दाबी भ्रामक रहेको स्पष्ट पारेका हुन्।

पोखरेलका अनुसार उनका बुबा–आमा केही दिनपछि हिमालयन एयरलाइन्सको नियमित नागरिक उडानमार्फत नेपाल फर्किएका हुन्। उक्त उडानका लागि नियमित हवाई शुल्कसमेत तिरिएको उनले बताएका छन्।

‘उहाँहरूलाई सरकारले कुनै हेलिकाेप्टर चार्टर गरेको होइन,’ पोखरेलले स्पष्ट पार्दै भनेका छन्, ‘उहाँहरू केही दिनपछि हिमालयन एयरलाइन्सको नियमित नागरिक उडानमार्फत, नियमित हवाई शुल्क तिरेर नेपाल फर्किनुभएको हो।’

उनले संकटको घडीमा झुटा तथा भ्रामक समाचार प्रकाशन गर्ने सञ्चारमाध्यम र त्यस्ता सूचनालाई आधार बनाएर राजनीति गर्ने पात्रहरूको उद्देश्य सामाजिक द्वन्द्व बढाउने र समाजलाई भड्काउने देखिएको आरोपसमेत लगाएका छन्।

पोखरेलले अपुष्ट सूचनाको पछि नलाग्न र संकटका वेला थप जिम्मेवार बन्न आग्रह गरेका छन्। सामाजिक द्वन्द्व बढाउने प्रयासप्रति सतर्क रहनुपर्ने उनको भनाइ छ।

उनले सामाजिक सञ्जालमार्फत ‘सत्य बुझौँ, भ्रम नफैलाऔँ’ भन्दै सामाजिक सदभाव कायम राख्नसमेत आग्रह गरेका छन्।