सल्यानमा घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको बनगाड कुपिन्डे नगरपालिका १ निवासी ३६ वर्षीया ललिता सुनारको घरको छतबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
प्रहरीका अनुसार बुधबार साँझ आफ्नै नयाँ निर्माण भइरहेको तीनतले घरको छतमा पानी हाल्ने क्रममा खुट्टा चिप्लिएर ललिता छतबाट भुइँमा खसी गम्भीर घाइते भएकी थिइा्।
गम्भीर घाइते सुनारको नेपालगन्जस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए।
मृतकको शव पोस्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।