मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १७ बुधबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ भदौ १७ बुधबार o९:१८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बाढीग्रस्त क्षेत्रमा खर्च गर्न उद्धार कोषबाट एक अर्ब  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ भदौ १७ बुधबार o९:१८:oo

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा पठाइने भएको छ । मंगलबार उक्त कोष सञ्चालन समितिको बैठकमार्फत एक अर्ब रुपैयाँ तत्काल परिचालन गर्ने निर्णय गरिएको हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं कोष सञ्चालन समितिका संयोजक डा. गुणाकर भट्टले मंगलबार बसेको कोषको बैठकले एक अर्ब रुपैयाँ गृहसचिवको नेतृत्वमार्फत परिचालन हुने गरी निकासा गरिएको जानकारी दिए । 

विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा २२ बमोजिम विपत् व्यवस्थापन कोषमा गृहसचिवले व्यवस्थापन गर्नुहुन्छ । प्रधानमन्त्री दैवीप्रकोप राहत उद्धार कोषको नाममा एभरेस्ट बैंकको खातामा रहेको मौज्दातबाट एक अर्ब रुपैयाँ कोषमा पठाइएको हो ।