मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १७ बुधबार
  • Wednesday, 02 September, 2026
२o८३ भदौ १७ बुधबार o८:४५:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

इंग्ल्यान्डसँगको हारपछि पाकिस्तानमा हलचल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८३ भदौ १७ बुधबार o८:४५:oo
  • इंग्ल्यान्डसँगको टेस्ट सिरिजमा लज्जास्पद हार व्यहोरेपछि पाकिस्तान क्रिकेट बोर्डले मुख्य प्रशिक्षक सर्फराज अहमदलाई बर्खास्त गर्नुका साथै सातजना खेलाडीलाई घर फर्कायो

इंग्ल्यान्ड भ्रमणमा रहेको पाकिस्तान टेस्ट सिरिजमा २–० ले पराजित भयो । लर्डस् मैदानमा सम्पन्न दोस्रो टेस्टमा इंग्ल्यान्डले पाकिस्तानमाथि १९४ रनको सानदार जित निकाल्यो । इंग्ल्यान्डसँग खराब हार व्यहोरेपछि पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले टोलीमा व्यापक परिवर्तन गरेको छ । सिरिज गुमाइसकेको पाकिस्तानका मुख्य प्रशिक्षक सर्फराज अहमद तेस्रो टेस्ट सुरु हुनुअघि नै पद गुमाएका छन् । पिसिबीले उनलाई मंगलबार जिम्मेवारीबाट हटाइएको जानकारी दिएको छ ।

पिसिबीले खराब प्रदर्शन गरेका सात खेलाडीलाई तत्काल घर फर्काउने निर्णय गरेको छ । पाकिस्तानले इंग्ल्यान्डविरुद्ध ब्याटिङ, बलिङ र फिल्डिङमा खराब प्रदर्शन गरेको थियो । घरेलु टोलीविरुद्ध चार इनिङ्समा पाकिस्तानले एकपटक पनि दुई सय रन बनाउन सकेन । यसैकारण पिसिबीले पाकिस्तानको मुख्य प्रशिक्षक जिम्मेवारी न्युजिल्यान्डका माइक हेसनलाई दिएको छ । माइकले यसअघि पाकिस्तानको एकदिवसीय र टी–२० आई टोली हेर्दै आएका थिए । 

पिसिबीले बलिङ प्रशिक्षक उमर गुलको ठाउँमा अस्ट्रेलियाका एसले नोफ्केलाई जिम्मेवारी दिएको छ । पाकिस्तानले अब तेस्रो टेस्टमा इंग्ल्यान्डविरुद्ध सातजना अनुभव नभएका खेलाडीलाई प्रतिस्पर्धा गराउने निर्णय गरेको छ । सातमध्ये पाँचजना खेलाडीसँग टेस्ट खेलको अनुभव छैन । उनीहरूले इंग्ल्यान्डजस्तो बलियो राष्ट्रविरुद्ध डेब्यु गर्ने अवसर पाउनेछन् । साइम अयुब र अब्दुल्लाह फजलसँग मात्र टेस्टको अनुभव छ । पिसिबीले सलमान अली आगा, इमाम उल हक, विकेटकिपर मोहमद रिजवान, स्पिनर अली उस्मान, खुराम सहजाद, आमिर जमाल र मोहमद जाफरलाई तत्कालै घर फिर्ता बोलाएको पिटिआईले जनाएको छ । पहिलो टेस्टमा बाबर आजम घाइते हुँदा अल आगाले कप्तानी गरेका थिए । 

इमाम उल भने चोटका कारण टोलीबाट बाहिरिए । खराब फर्ममा रहेका विकेटकिपर रिजवान पनि बाहिरिएका छन् । दुईवटै टेस्टमा उत्कृष्ट प्रदर्शन गर्न नसकेका उस्मान, सहजाद, जमाल र जाफर पनि घर फर्किएका छन् ।

मिस्वाहले दिए छनोट समितिबाट राजीनामा
पिसिबीले दुई टेस्टको प्रदर्शनका आधारमा प्रशिक्षक तथा खेलाडीलाई हटाइएपछि पूर्वकप्तान मिस्वाह उल–हकले छनोट समितिबाट राजीनामा दिएका छन् । सिरिज चलिरहँदा बोर्डको गैरजिम्मेवारी निर्णयको विरोध गर्दै मिस्वाहले पद त्यागेका हुन् । मिस्वाहले नेसनल क्रिकेट एकेडेमीको ब्याटिङ सल्लाहकारबाट पनि राजीनामा दिएको पिटिआईले जनाएको छ । पिसिबीले उनको राजीनामा स्वीकृत गरेको छैन । सन् २०१७ मा सन्न्यास लिएका मिस्वाह त्यसपछि पिसिबीसँग आबद्ध भएका थिए ।

उनले सन २०१९ मा मुख्य प्रशिक्षक र मुख्य छनोटकर्ताको जिम्मेवारी पाएका थिए । सन् २०२४ मा उनी राष्ट्रिय छनोट समितिका चार सदस्यमध्ये एकका रूपमा पुनः नियुक्त भए । मिस्वाह पछिल्लो समय घरेलु क्रिकेटमा ब्याटिङ सल्लाहकारका रूपमा पनि सक्रिय थिए । यसैबिच पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदीले बोर्डको निर्णय अप्रत्याशित र गैरजिम्मेवारी भएको बताएका छन् । ‘केवल दुई टेस्टको समीक्षाका आधारमा प्रशिक्षकलाई हटाइनु र खेलाडीलाई घर फर्काउनु निर्णय गलत हो,’ आलोचना गर्दै अफ्रिदीले भने, ‘खेलाडीहरूलाई समय दिनुपर्छ ।