मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २९ शुक्रबार
  • Friday, 14 August, 2026
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण २९ शुक्रबार १७:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आयोगलाई हतियार बनाएर गगन पक्षले कांग्रेस ‘लुटेको’ खड्काको आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण २९ शुक्रबार १७:o७:oo

नेपाली कांग्रेसको संस्थापन इतर पक्षका नेता दीपक खड्काले विशेष महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई हतियारका रुपमा प्रयोग गरेर कांग्रेस लुटेर लगेको आरोप लगाएका छन्।

शुक्रबार राजधानीमा जारी इतर पक्षको राष्ट्रिय भेलामा खड्काले भने, ‘हिजो निर्वाचन आयोगलाई हतियारका रुपमा प्रयोग गरेर तपाइँहरुले कांग्रेस लुटेर गएकै हो। यो अपराध हो, यो अपराध क्षम्य हुँदैन।’

सभापति गगन थापा पक्षको कांग्रेसलाई ‘चोइटिएर गएको कांग्रेस’ भन्दै खड्काले चोइटिएको कांग्रेसले मुलुक थेग्न नसक्ने जिकिर गरे।