Skip This
सेग्वेका चार नयाँ मोडेल सार्वजनिक 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २२ बिहीबार
  • Thursday, 07 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २२ बिहीबार ११:३६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेग्वेका चार नयाँ मोडेल सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २२ बिहीबार ११:३६:oo

नाईमा नेपाल मोबिलिटी एक्स्पोमा सेग्वेका चार नयाँ मोडेल सार्वजनिक भएका छन् । आइहब प्रालि, सेग्वे–नाइनबोटको नेपालका लागि अधिकृत वितरकले सेग्वेका चार नयाँ मोडेल प्रदर्शनीमा सार्वजनिक गरेको हो ।

बुधबारदेखि भृकुटीमण्डपमा सुरु भएको पाँचदिने एक्स्पोमा ५० भन्दा बढी अटोमोबाइल ब्रान्डको सहभागिता रहेको छ । जसमा सेग्वेका नयाँ मोडेल प्रमुख आकर्षण बनेका थिए ।

कम्पनीका अनुसार, यसपटक दुई ई–स्कुटर ई–१५० एमके–२, र ई–१२५ एमके–२, ई–बाइक ‘जाइबर’ र ई–साइकल ‘जाफारी’ सार्वजनिक भए । यी मोडेल सहरी दैनिक प्रयोगदेखि जीवनशैली र वातावरणमैत्री यात्रासम्मका विभिन्न आवश्यकतामा उपयुक्त हुने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ ।