
उदयपुरको बेलका नगरपालिका–१, रामपुरबाट नौँ किलो गाजासहित एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कर्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार आमबासी स्थितमा प्रहरी बिट आम्बासीबाट चेकिङमा खटिएको प्रहरी टोलीले हिजो बुधबार पक्राउ गरेको हो ।
दोङले वेलका नगरपालिकाको रामपुर ठोक्सिलाबाट जिल्ला सप्तरी फत्तेपुरतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ प ९४७८ नम्वरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक बेलका नगरपालिका–३, मोरङ्गे टोलका वर्ष ३५ का शुनिल श्रेष्ठले झोलामा लुकाईछिपाई ल्याउँदै गरेको नौ किलोग्राम अवैध लागुऔषध गाँजासहित पक्राउ परेको जानकारी दिए ।
पक्राउ परेका श्रेष्ठलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ दोङको भनाइ छ ।