Skip This
कक्षा १२ को परीक्षामा नेपाल मेगा कलेज बबरमहल सर्वोत्कृष्ट स्थान ओगट्न सफल
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २१ बुधबार
  • Wednesday, 06 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण २१ बुधबार १o:१६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कक्षा १२ को परीक्षामा नेपाल मेगा कलेज बबरमहल सर्वोत्कृष्ट स्थान ओगट्न सफल

मेगा कलेजबाट ५८ जना विद्यार्थी 'ए प्लस' ल्याएर कक्षा १२ उत्तीर्ण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण २१ बुधबार १o:१६:oo

राष्ट्रिय परीक्षा बोर्डले गत सोमबार कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ । यस परीक्षामा नेपाल मेगा कलेज बबरमहलले सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । विज्ञान, व्यवस्थापन र कानुन संकायको अध्ययन–अध्यापन हुँदै आएको यस कलेजमा ५८ जना विद्यार्थीले 'ए प्लस' ल्याएर कक्षा १२ उत्तीर्ण गरेका छन्।

जसमध्ये विज्ञानतर्फ नवीन कार्की ढोलीले ३.९६, दीक्षा खनालले ३.९४, रूपेश योञ्जन तामाङले ३.९ जिपिए ल्याएका छन् । यसैगरी कानुन संकायमा ईशान चुँडालले ३.९२ जिपिए ल्याएका छन् ।

कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट स्थान ओगट्न सफल भएको बताउँदै कलेजका अध्यक्ष गोपाल खनालले भने, ‘सफलता हाम्रो संस्कार हो, उत्कृष्टता हाम्रो पहिचान हाे ।’ 

‘विद्यार्थीहरूको निरन्तर लगनशीलता, शिक्षकहरूको मार्गदर्शन र अभिभावकहरूको भरोसाले आज हामीलाई शीर्ष स्थानमा पुर्‍याएको छ,’ अध्यक्ष खनालले भने, ‘हामी महँगो शुल्क तिर्दैमा गुणस्तरीय शिक्षा प्राप्त हुन्छ भन्ने मान्यता राख्दैनौँ ।’

‘हाम्रो कलेज सर्वसुलभ शुल्कमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको छ,’ अध्यक्ष खनालले भने, ‘हामीहरूले गुणस्तरीय शिक्षा सस्तो शुल्कमा दिँदै आएका छौँ । सर्वोत्कृष्ट नतिजासहित शैक्षिक सफलताको लागि हामी सधैँ प्रयासरत छौँ । सबै विद्यार्थीको लागि खुला अवसर दिन हाम्रो कलेज कटिबद्ध छ ।’

६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ को परीक्षामा देशभरबाट नियमिततर्फका ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार ३८.८३ प्रतिशत (एक लाख ५३ हजार ८८२) जना विद्यार्थी अनुतीर्ण (ननग्रेडेड) भएका छन् । २१ देखि २९ वैशाखसम्म सञ्चालित परीक्षामा नियमित र आंशिक गरी पाँच लाख १० हजार ९८७ परीक्षार्थी सहभागी थिए ।

नियमिततर्फ तीन लाख ९६ हजार ३४७ हजार विद्यार्थी सहभागी भएकोमा दुई लाख ४२ हजार ४६५ विद्यार्थी (६१.१७ प्रतिशत) उत्तीर्ण भएका छन् । यस्तै, आंशिकतर्फ एक लाख १४ हजार ६४० विद्यार्थी सहभागी भएकोमा ४१ हजार ८४० (३६.४९ प्रतिशत) विद्यार्थी उत्तीर्ण भएका छन् । यद्यपि, गत वर्षभन्दा नाै प्रतिशतले नतिजा बढेको छ । गत वर्ष ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।