
पोखराका १२ वर्षीय आर्यषराज पौडेलले एटिएफ यू–१४अन्तर्गत ‘ए’ लेबल टेनिस खेल्ने भएका छन्।
मलेसियामा हुने साउथ इस्ट एसियाअन्तर्गतको उक्त प्रतियागितामा उनले प्रतिस्पर्धा गर्ने भएका हुन्। मलेसियाको क्वालालम्पुरमा १४ साउनदेखि सुरु भएको प्रतियोगिता ३१ साउनसम्म चल्नेछ।
पोखराका पौडेलले नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा भाग लिन लागेको टेनिस संघ कास्कीका अध्यक्ष राजकुमार गुरुङले जानकारी दिए। नेपाल टेनिस संघको अनुरोधमा एसियन टेनिस महासंघले पौडेललाई ‘वाइल्ड कार्ड’मार्फत प्रतियोगितामा प्रतिस्पर्धाका लागि छनोट गरेको हो।
पौडेलले आउँदो तीन वर्षसम्म प्रतियोगिताअन्तर्गत यू–१४ टुर्नामेन्टमा भाग लिन पाउने गुरुङले जानकारी दिए। प्रतियोगितामा सहभागी खेलाडीहरूले विभिन्न चरणको यात्राअनुसार एटिएफको अंक हात पार्नेछन्।
कास्की संघले पौडेललाई बुधबार पोखरामा आयोजित कार्यक्रममा बिदाइ गरिएको छ।