
सामसङले आफ्नो सबैभन्दा किफायती ‘ट्रू वायरलेस इयरफोन’ ग्यालेक्सी बड्स कोर नेपाली बजारमा सार्वजनिक गर्ने घोषणा गरेको छ।
जुलाई १ देखि उपलब्ध हुने यी बड्सहरू दैनिक उपयोगका लागि डिजाइन गरिएका छन्, जसले उत्कृष्ट साउन्ड, एक्टिभ न्वाइज क्यान्सिलेसन र ग्यालेक्सी एआईको इन्टरप्रेटरजस्ता प्रिमियम फिचरहरू मात्र सात हजार ३९९ रुपैयाँमा उपलब्ध गराएको छ।
कालो र सेतो रंगमा उपलब्ध ग्यालेक्सी बड्स कोर नेपालभर सामसङका आधिकारिक बिक्रेताहरूबाट बिक्री हुनेछ।
एक्टिभ न्वाइज क्यान्सिलेसन र कल न्वाइज रिडक्सनको साथमा, प्रयोगकर्ताहरूले धेरै हल्ला भएको ठाउँमा पनि स्पष्ट सँग कुरा गर्न सक्ने कम्पनीले जनाएको छ। तीनवटा माइक प्रणालीले उत्कृष्ट भोकल सुनिश्चित गर्ने छ, जसले इयर बड्सलाई फोन कल, संगीत वा मिटिङका लागि एकदम उपयुक्त बनाउने कम्पनीको दाबी छ।
ग्यालेक्सी एआई इन्टरप्रिटर त्यस्तो प्रविधि हो, जसले-जसले आमनेसामने संवादको क्रममा दुईतर्फी रियल–टाइम अनुवाद गर्दछ।
यस्ता छन् केही फिचर :