१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १६ सोमबार
  • Monday, 30 June, 2025
२o८२ असार १६ सोमबार २१:२८:oo
Read Time : < 1 मिनेट
समाचार

कालिका मानवज्ञानले गर्‍यो एसइईमा सफल ५८९ विद्यार्थीलाई सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १६ सोमबार २१:२८:oo

बुटवलस्थित कालिका मानवज्ञान माविले एसइई परीक्षामा जिपिए ४ ल्याउने सातसहित ५८९ विद्यार्थीलाई सम्मान गरेको छ । सोमबार विद्यालयमा आयोजित विशेष कार्यक्रममा ग्रेडेट भएका विद्यार्थीलाई सम्मान गरिएको हो । 

यस विद्यालयका अनिस जिसी, अस्मिना पराजुली, प्रशंसा पराजुली, प्रतीक पौड्याल,  स्वरूप न्यौपाने, सुर्दशन न्यौपाने र सुजन बाह्रघरेले  जिपिए ४ ल्याएका थिए।  

कार्यक्रममा विद्यायका प्रमुख शैक्षिक सल्लाहकार तथा पूर्वप्रधानाध्यापक एवं बुटवल कालिका क्याम्पसका प्रमुख घनश्याम पाठकले अभिभावकको संस्कारसहितको शिक्षाका कारण उपलब्धि हासिल भएको  बताए। उनले अहिले प्राप्त नतिजालाई जोगाउनु सबैभन्दा महत्त्वपूर्ण रहेको धारणा राखेका थिए। विद्यालयका प्रधानाध्यापक दिनेश थापाले शिक्षकहरूको कडा मिहिनेत विद्यार्थीको अथक प्रयासबाट विद्यालयले उच्च नतिजा प्राप्त गर्न सफल भएको भन्दै सबैलाई बधाई तथा धन्यावाद दिएका थिए ।

उच्च शिक्षाको नयाँ खुड्किलो सुरु भएको र विद्यार्थीलाई आगामी दिनमा आफ्नो भविश्य कस्तो बनाउने भन्ने निर्णय लिने बेला पनि आएको भन्दै  सोही  अनुसार आफ्नो ईच्छा, आकांक्षा र योजनाअनुसारको विषय छनोट गरी अगाडि बढ्न उनले सुझाव दिए ।  

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यान्द ज्ञवालीले कालिकाको शिर उचो राख्ने कालिकाका नक्षत्रहरूलाई बधाई दिँदै आगामी शैक्षिक यात्राको लागि कालिकामा नै स्वागत गरिएको बताए। 

कालिका मानवज्ञान माविमा यस वर्ष  एसइई परीक्षामा सम्मिलित विद्यार्थीमध्ये जिपिए ४, सातजनाले, जिपिए ३.६०–४ सम्म २०८ जनाले, जिपिए ३.२० देखि ३.६० सम्म २ सय ४३ जनाले, जिपिए २.८० देखि ३.२० सम्म १०३ जनाले, जिपिए २.४० देखि २.८० सम्म २५ जनाले  र जिपिए २ देखि २.४० सम्म तीनजनाले ल्याएका छन्।