१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १६ सोमबार
  • Monday, 30 June, 2025
इन्द्रबहादुर थापा काभ्रेपलाञ्चोक
२o८२ असार १६ सोमबार २१:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

दुईतर्फी सञ्चालनमा आयो अवरुद्ध बिपी राजमार्ग  

Read Time : < 1 मिनेट
इन्द्रबहादुर थापा, काभ्रेपलाञ्चोक
नयाँ पत्रिका
२o८२ असार १६ सोमबार २१:४१:oo

काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नम्बर ९ स्थित नार्के खण्डमा आएको लेदोले अवरुद्ध बिपी राजमार्ग दुईतर्फी रूपमा सञ्चालनमा आएको छ। 

सोमबार परेको वर्षाले सडकमाथिबाट आएको लेदोले बिपी राजमार्ग दुईतर्फी अवरुद्ध भएको थियो।

प्रहरी र स्थानीयको सक्रियतामा सडक सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मंगलटारले जानकारी दिएको छ। सडक विभागको हेभी इक्विपमेन्ट प्रयोग गरेर लेदो पन्छाई सडक सञ्चालन गरेको प्रहरीले जानकारी दिएको छ।