भुसालले स्वतन्त्र उम्मेदवारी दर्ता गराउँदै (भिडियोसहित)

आइतबार, २३ असोज, २०७९
डिजिटल संस्करण

एमाले परित्याग गरेका घनश्याम भुसालले केहीबेरमा रुपन्देही– १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउँदै छन् । सत्तागठबन्धनले समर्थन गरेको स्वतन्त्र उम्मेदवारका रूपमा भुसालले उम्मेदवारी दिन लागेका हुन् । 

https://fb.watch/g2325q56Y9/

आज बिहान आफ्ना शुभेच्छुकहरूलाई भेला गरेर भुसालले यसबारे जानकारी गराएका थिए । एमाले अध्यक्ष केपी ओलीले टिकट वितरणमा निषेध गरेपछि पार्टी परित्याग गरेका पूर्वउपमहासचिव घनश्याम भुसाललाई माओवादी अध्यक्ष प्रचण्डले आफ्नो पार्टीको चुनाव चिह्न लिएर उम्मेदवारी दिन आग्रह गरेका थिए । 

‘माओवादी साथीहरूले आफ्नो चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिन आग्रह गर्नुभएको थियो । मैले उहाँहरूलाई त्यसका लागि धन्यवाद भनेँ । तर, म आफैँ पछिल्लो एक वर्षदेखि वाम एकताको कुरा गरेबापत किनारामा पारिएको मान्छे हुँ । यसर्थ वाम एकताको झन्डा आजको मेरो राजनीतिक झन्डा हो । यसलाई कमजोर हुन दिन्नँ । त्यसैले मलाई स्वतन्त्रै हुन दिनुस् भनेँ,’ भुसालले भने ।

गएराति नै पनि उनले विज्ञप्ति निकाली आफू गठबन्धनको समर्थनमा उम्मेदवार बन्न लागेको सार्वजनिक गरेका थिए ।

सुझावित समाचार