हेभी ड्रेस बोकेर स्कटल्यान्डको पहाड चढ्दा

बुधबार, ८ भदौ, २०७९
डिजिटल संस्करण
हेभी ड्रेस बोकेर स्कटल्यान्डको पहाड चढ्दा

पूजा शर्मा, अभिनेत्री

‘सम्हालिन्छ कहिले मन’को सुटिङका लागि हाम्रो ठूलो टिम दुई महिनाभन्दा बढी समय बेलायत बस्यो । विदेशी भूमिमा फिल्म सुट गर्दाको अनुभव निकै रोमाञ्चक रह्यो ।

डिसेम्बर र जनवरीमा फिल्म सुट गरिएको हुनाले जाडो निकै थियो । तपाईंले ‘हराएँ हराएँ’ बोलको भिडियोमा देख्नुभएको मेरो ड्रेस बोकेर पहाड चढ्न निकै गाह्रो थियो ।

त्यतिवेला आकाशले मलाई उकालो चढ्न निकै सहयोग गरेको थियो । पानी पनि परिरहेको थियो । कहिलेकाहीँ त हामी सुट हुँदाहुँदै नसकेर फर्कियौँ । त्यहाँ निकै जाडो र तेज हावा पनि चल्छ ।

त्यसमाथि भिरमा सुट गर्न पक्कै पनि चुनौतीपूर्ण थियो । तर, हामीले पर्दामा त्यो महसुस हुन दिएका छैनौँ । दर्शकले पनि गीत रिलिज भएपछि राम्रो प्रतिक्रिया दिनुभएको छ ।

त्रिकोणात्मक लभ स्टोरी भए पनि यस फिल्ममा कथालाई अलग तरिकाले देखाइएको छ । ट्रेलर र गीत रिलिज हुँदा दर्शकले राम्रो प्रतिक्रिया दिइरहनुभएको छ । अब १७ भदौमा प्रदर्शनमा आएपछि फिल्मले पनि राम्रो प्रतिक्रिया पाउँछ भन्ने हामीलाई लाग्छ । 

See More On

सुझावित समाचार