रगतमा चिनीको मात्रा आवश्यकताभन्दा बढी भएकोे अवस्थालाई मधुमेह अर्थात् चिनीरोग लागेको भनिन्छ । मधुमेह हुँदा शरीरमा चिनीको मात्रा बढ्छ । यो खानपान र जीवनशैलीका कारण पनि हुने गर्छ ।अहिले मधुमेहका रोगी बढिरहेका छन् । हामीले खानपानमा ध्यान दियौँ भने मधुमेहबाट बच्न सकिन्छ । हामीले वेलावेलामा सुगर चेक गर्नुपर्छ । वेलावेलामा चेकजाँच गर्नु पनि एक किसिमकोे रोकथाम नै हो । मधुमेहको लक्षण सुरुमै देखिन पनि सक्छ, नदेखिन पनि सक्छ ।
लक्षण
- शरीर धेरै मोटो देखिनु
- आँखाको कालो भागमा सेतो रिंकल देखिनु
- खुट्टाको गोलीगाँठा सुन्निन थाल्नु
- घाँटीमा कालो बस्ने र जति धोए पनि नजाने हुनु
के खाने ?
- कार्बोहाइड्रेट कम भएको खानेकुरा खाने
- ताजा सागपात, फलफूल खाने
- वेलावेलामा माछा खाने
- प्रोटिनयुक्त खानेकुरा खाने
के नखाने ?
- चिल्लो–पिरो नखाने
- मधुमेह भइसकेको छ भने
- ग्लुकोजजन्य फलफूल नखाने
- रातो र बोसो भएको मासु नखाने
- बट्टामा राखिएको अचार नखाने
- मैदाजन्य खानेकुराहरु नखाने
- धूम्रपान तथा मद्यपान नगर्ने