रेमिट्यान्स कम्पनी आइएमईले ‘घन्टी बज्यो’ नामक नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले विदेशबाट पठाएको रेमिट्यान्स सीधै आइएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने दुईजना भाग्यशाली विजेताले रेडमी–टेन ए स्मार्ट फोन जित्न सक्ने अफर ल्याएको हो ।
यो अफर भदौ १० सम्म मात्र लागू हुने कम्पनीको भनाइ छ । दुई हप्ता चल्ने यो अफरमा हरेक हप्ता एक–एकजना विजेताले स्मार्ट फोन जित्ने जनाइएको छ । रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व रहेको कम्पनीको भनाइ छ ।
हाल कम्पनीले देशका सबै क्षेत्रलाई समेट्ने गरी दुई सय ३० आइएमई सेन्टरसहित ७७ वटै जिल्लाका करिब ३५ हजार सबएजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशबाट नेपालीले आफन्तलाई पठाएको रकम छिटो–छरितो हिसाबले पु¥याउने काम गर्दै आएको जनाएको छ ।