काठमाडौं/ नेपाल टेलिकमले नेपाल प्रिमियर लिग तेस्रो संस्करण (एनपिएल)लाई लक्षित गरी एनपिएल अनलिमिटेड प्याकेज सञ्चालनमा ल्याएको छ ।
प्याकेजअन्तर्गत टेलिकमका प्रिपेड तथा पोस्टपेड प्रयोगकर्ताले ५९९ रुपैयाँमा उक्त प्याकेज खरिद गर्न सक्नेछन् ।
यो प्याकेजमा ३३३ मिनेट अल–नेट भ्वाइस कल गर्न सकिनेछ भने प्रतिदिन आठ जिबी डेटा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
प्याकेज एनपिएल अवधिभर अर्थात् १० कात्तिकदेखि ५ मंसिरसम्म प्याकेज खरिद गर्न सकिने बताइएको छ । सो प्याकेजको समयावधि भने ३० दिनको हुनेछ ।
पोस्टपेड मोबाइल प्रयोगकर्ताले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुने टेलिकमले जनाएको छ । टेलिकम एनपिएलको अफिसियल टेलिकम पार्टनरसमेत रहेको छ ।