हात्तीको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु

शुक्रबार, २० साउन, २०७९
डिजिटल संस्करण
हात्तीको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु

प्रतिकात्मक तस्बिर

चितवनमा घाँस काट्न वन गएकी एक महिलाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका– ६ देवनगरस्थित दक्षिणकाली सामुदायिक वनमा घाँस काट्न गएकी स्थानीय ५१ वर्षीया माया विकको मृत्यु भएको हो। उनको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइँदै छ।

सुझावित समाचार