बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

मंगलबार, १७ साउन, २०७९
डिजिटल संस्करण

नेपाली सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९५ हजार चार सय रुपैयाँमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला दुई सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार एक सय रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजार नाे सय रुपैयाँ थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला एक हजार दुई सय २० रुपैयाँ तोकिएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।

सुझावित समाचार