ग्लोबललाई तेस्रोपटक बेस्ट बैंक अवार्ड

मंगलबार, १० कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’द्वारा प्रदान गरिने ‘बेस्ट बैंक अवार्ड–२०२६ बाट सम्मानित भएको छ । यससँगै बैंक लगातार तेस्रो वर्ष ग्लोबल फाइनान्स म्यागाजिनको बेस्ट बैंक अवार्डबाट सम्मानित भएको हो । बैंक सन् २०२४ र २०२५ मा पनि सोही विधामा सम्मानित भएको थियो ।

बैंकक, थाइल्यान्डमा आयोजित एक कार्यक्रममा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दीपचन्द्र रेग्मीलाई उक्त अवार्ड हस्तारण गरेका हुन् ।

ग्लोबल फाइनान्सले वित्तीय स्रोत परिचालनको क्षमता, संस्थागत विश्वसनीयता, भौगोलिक तथा डिजिटल पहुँच विस्तार, रणनीतिक व्यावसायिक साझेदारी, ग्राहकमैत्री नवप्रवर्तन, अत्याधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई)को सफल प्रयोग, दिगो कर्जा प्रवाह एवं सबल जोखिम व्यवस्थापनलाई मुख्य आधार मानेर बैंकलाई पुरस्कृत गरेको जनाएको छ ।

समारोहमा एसिया–प्रशान्त क्षेत्रसहित विश्वभरका प्रमुख वित्तीय संस्थाहरूलाई समेत पुरस्कृत गरिएको थियो । जसमा हङकङको बैंक अफ चाइना, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको आइसिबिसी, नेपालको ग्लोबल आइएमई बैंक, मलेसियाको युओबी मलेसिया, बंगलादेशको सिटी बैंक, जापानको एमयुएफजी बैंक विभिन्न विधामा सम्मानित भएका छन् । बैंकका अनुसार यस सम्मानले बैंकलाई थप उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहित गरेको छ । ग्लोबल आइएमई ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो । 

सुझावित समाचार