खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र भएर आइतबार बिहान गएको ६ मेग्निच्युडको भूकम्पले जिल्लामा एक घर भत्किएको छ । ४६ घरमा क्षति पुगेको छ । मानवीय क्षति नभए पनि भूकम्पको केन्द्रबिन्दु बनेको मात्तिमविर्ताका ४४ घरमा क्षति पुगेको जनाइएको छ ।
मात्तिमविर्ताका दलबहादुर राई, प्रधान राई र ज्ञानबहादुर खड्काको घरमा बढी क्षति पुगेको र अन्य वडामा भएको क्षतिको विवरण संकलन भइरहेको गाउँपालिका प्रमुख रविप्रकाश राईले जानकारी दिए । ‘भूकम्पको केन्द्र मात्तिमविर्ता मात्रै अहिलेसम्म ४४ घरमा क्षति भएको विवरण संकलन भएको छ,’, उनले भने, ‘अन्य वडामा पनि क्षति भएको भन्ने वडाध्यक्षहरूबाट खबर आइरहेको छ । अहिले पानी परिरहेकाले अन्य वडाको विवरण संकलन हुन सकेको छैन ।’
सोही भूकम्पले हलेसी तुवाचुङ नगरपालिका– ५ दुर्छिमस्थित चुमाखुका तेजबहादुर नेपालीको घर पूर्णरुपमा भत्किएको छ । सो नगरपालिकाको वडा नम्बर ७ महादेवस्थानका गंगा राईको घर बस्नै नमिल्नेगरी चर्किएको छ । वडा नम्बर ९ सल्लेका ध्रुवप्रसाद पौडेलको घरमा बस्न नमिल्ने गरी क्षतिभएको वडा नम्बर ७ महादेविस्थानका वडाध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिए ।
हलेसी तुवाचुङ नगरपालिकाले भूकम्पको क्षति मूल्यांकन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्राचार गरेको छ । भूकम्प गए लगत्तै नगरपालिकाले इन्टग्रेटेड डिजास्टर भल्नेरेबिलीटी एसेसमेन्टका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृहमन्त्रालयलाई पत्राचार गरिएको नगरप्रमुख विमला राईले जानकारी दिइन् ।
भूकम्पले जिल्लामा अहिलेसम्म मानवीय क्षति नभए पनि पराकम्प जानेक्रम जारी रहेकाले सतर्कता अपनाउन जिल्लाबासीलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाइले बताए । ‘जिल्लामा अहिले पनि भूकम्पको पराकम्प जानेक्रम जारी छ,’ उनले भने, ‘कतैबाट सूचना प्राप्त हुनासाथ परिचालित हुनेगरी नेपाली सेना, प्रहरी र विपद व्यवस्थापनको टोली तयारी अवस्थामा राखिएको छ ।’
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारसँग सिमाना जोडिएको साकेला गाउँपालिका–५ मात्तिमविर्तामा भूकम्पको केन्द्र भएपछि जिल्लाबासी त्रसित बनेका छन् । दश स्थानीय तह रहेको जिल्लामा हालसम्म भूकम्पको दर्जनबढी पराकम्प गएको महसुस गरिएको छ । पटक–पटक पराकम्प जानेक्रम जारी रहेपछि जिल्लाका केही स्थानीय बासिन्दा आफ्नो घर नजिकै पर्ने सुरक्षित ठाउँमा सर्न थालेका छन् ।
खोटाङ भूकम्प (अपडेट) : एक घर भत्कियो, ४७ चर्कियो
सुझावित समाचार
सरकारलाई ओलीको चेतावनी– अब लाखौँको प्रतिरोध हुन्छ, सिंहदरबारको मूलगेटबाटै छिर्छौँ
काठमाडाैं- एमाले अध्यक्ष केपी ओलीले सरकार एमालेप्रति निर्मम भएको दाबी गर्दै त्यसको प्रतिरोधका लागि तयार रहन अग्रपंक्तिका कार्यकर्त…
बुधबार १० बजेसम्मका प्रमुख १० खबर
दुई पूर्वश्रममन्त्रीसहित ६ जना पक्राउ वैदेशिक रोजगारीमा जानेमाथि ठगीको अभियोगमा दुईजना पूर्वश्रममन्त्री पक्राउ परेका छन्। केन्द्र…
यातायात व्यवस्था विभागका महानिर्देशक पक्राउ
काठमाडौं/ यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल पक्राउ परेका छन्। श्रम मन्त्रालयमा कार्यरत रहँदाको अनियमिततामा प्रहरी…
द्रुतमार्गको काम समयमै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन
काठमाडौं/ पूर्वाधार विकासमन्त्री सुनील लम्सालले काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको निर्माण कार्य निर्धारित समयसीमा…
सेवाबाट हटाइएका दाहालले दिए पुनरावेदन निवेदन
काठमाडौं/ बिचौलिया इनम सापकोटासँग साँठगाँठको आरोपमा सेवाबाट हटाइएका सशस्त्र प्रहरीका तत्कालीन एआइजी बंशीराज दाहालले कारबाही…
कोप–३१ मा मन्त्री चौधरी : जलवायु संकटमा नेपालको दोष छैन, तर मूल्य सबैभन्दा बढी चुकाउनुपरेको छ
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य भए पनि त्यसको असर र क्षतिको ठुलो मूल्य चुकाउनु…